सडकमाथि लुकेर बसमा ढुङ्गा हान्ने न्यौपाने र रक्सि पिएर ट्याक्सी चलाउने बिशुंखे रामेछाप प्रहरीको नियन्त्रणमा

| कात्तिक ३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

३ कातिक,रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै दोलखा तर्फ जाँदै गरेको बसमा ढुङ्गा प्रहार गर्ने फिडिन्द्र न्यौपाने पक्राउ परेका छन् । उनले बा ४ ख २००३ नम्बरको बसमा सडकमाथिबाट  ढुङ्गा हानेका थिए ।

 

लुकेर बसेर हानेको ढुङ्गाले लागेर बसको सिसा फुटेर लाग्दा एक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दोलखा जिल्ला जिरी नगरपालिका वडा नं ८ बस्ने १० वर्षीय  बिसाल श्रेष्ठ रहेका छन् । 

 


सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नं १७ स्थाइ घर भई हाल रामेछापको मन्थली नगरपालिका २ करमबोट बस्दै आएका ३३ वर्षीय न्यौपानेले सडकमा गुडिरहेको बसमा ढुङ्गा हान्दा सिसा फुटेर गाडीको बाँया तर्फ बसेका श्रेष्ठ गम्भिर घाइते भएका हुन् । 

 

ढुङ्गा प्रहार गर्ने न्यौपानेलाई जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमती लिई अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


त्यस्तै मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बा २ ज २०६७ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा चालकले मादक पदार्थ सेवान गरेको पाइएकाले एक ट्याक्सि नियन्त्रणमा परेको छ । 


ट्याक्सी चालकसंग कागजपत्रहरु चेकजाँच गर्ने क्रममा रामेछाप दोरम्बा ५ बस्ने ३४ वर्षीय कृष्ण बिशुंखेले मादक पदार्थ सेवन गरेर चलाएका थिए । 


जिल्ला प्रशासन कार्यालय रामेछापबाट १० दिनको म्याद थप गरी सार्वजनिक हित,स्वास्थ्य,सुविधा र नैतिकता बिरुद्दको कसुरमा अनुसंधान भैरहेको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 


गत सोमबार मन्थली नगरपालिका वडा नं ६ सेलेघाट चोक स्थित सडक खण्डमा मन्थली खुर्कोट आवत जावत गर्ने सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवान गरेको पाइएको हो ।