सुख्खा पहिरो खसेर अबरुद्ध भएको मन्थली-सेलेघाट सडक खुल्यो

| कात्तिक ४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

४ कातिक,रामेछाप । सुख्खा पहिलो खसेपछि अबरुद्ध भएको मन्थली - सेलेघाट सडक संचालनमा आएको छ ।

 

 

कुनौरीमा आज बिहिबार बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । मन्थली नगरपालिकाको जेसिबिले खसिरहेको पहिरो पन्छाएसगै अहिले गाडी पास भएको जिल्ला प्रहरी प्रमुख ९डिएसपी‌० नबराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

'कुनौरीमा पहिले खसेकै ठाउँमा पहिरो खसेको थियो । अहिले गाडी पास हुँन सुरु भैसकेको छ उनले भने ।' 

 

सुख्खा पहिरो खसेर सडक बन्द हुँदा दशै सकाएर राजधानीसहित अन्य जिल्ला बिहिरिने र भित्रिने यातायात बिचबाटोमै रोकिएका थिए । बाटो खुलेसंगै सवारी गन्तब्यतर्फ हिड्न थालेका छन् । 

 

 

उनले पानी पर्न रिकिएको भएपनि यात्रा गर्दा सजग भएर गर्न आग्रह गरे । 

 


लगातारको वर्षाले जिल्लाका विभिन्न ठाउँको सडक अबरुद्ध भएको थियो । अहिले सबै सुचारु अवस्थामाा रहेको उनले जानकारी गराए । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार