लिखु तामाकोशीमा चोरी गर्दै हिड्ने तीन जना पूर्पक्षका लागि जेल चलानः बालक सुधार गृह ‍

| कात्तिक ७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

७ कातिक,रामेछाप । हातहतियार देखाएर चोरी गर्दै आएको बेलामा विभिन्न समयमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् । एक बालक सुधार गृह पठाइएको छ ।

 


उनीहरुले गत भदौ ३१ गते रातिको समयमा लिखु तामाकोशी गाउँपालिका वडा नं ६ जामुने स्थित् एक घरमा हतियार देखाएर चोरी गरेका थिए । विभिन्न समयमा चोरी गर्दै आएका उनीहरु गत असोज ७ गते छुट्टाछुटै ठाउँबाट पक्राउ परेका थिए ।

 


पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु बस्ने आकाश तामाङ,लालबहादुर तामाङ र मिलन तामाङ रहेका छन् । उनीहरुलाई आइरबार पुर्पक्षको लागि जिल्ला कारागार चलान भएको रामेछाप प्रहरीले जनाएको छ । 

 

त्यस्तै एक १७ वर्षीय बालकलाई बाल सुधार गृह भक्तपुर पठाउने जिल्ला अदालत रामेछापको आदेश अनुसार सुधार गृह पठाइएको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार