काठमडौंमा २ वर्षदेखि श्रंखलाबद्द चोरी गर्ने दोरम्बाका दुई मगरसहित तीन जना पक्राउः यस्तो छ लाखौंको चोरीका घट्नाहरु !

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक,रामेछाप । श्रंखलाबद्द चोरीमा संलग्न रामेछापका दुई जनासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ४ घर भई हाल काठमाडौं कोटेश्वरमा बस्दै आएका ३१ वर्षीय कमल थापा मगर, सोही ठेगाना भएका ३० वर्षीय धनलाल थापा मगर र जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका वडा न ५  घर भई हाल काठमाडौं कपन मिलनचोकमा बस्दै आएका ३९ वर्षीय हरि प्रसाद रसाईली रहेका छन् ।

उनीहरुले काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्दै आएको नेपाल प्रहरीले जनाएको छ । 


चरणबद्ध रुपमा चोरी हुने खबरपछि प्रहरीले खोजतलास गर्ने क्रममा गत साउन २१ गते सितापाईला स्थित निर्मल गिरीको घरमा नगद तथा सुन चाँदीका गर गहना सहित गरि जम्मा रु ३ लाख ५८ हजार चोरी गर्नुका साथै उपत्यकाका बिभिन्न ९ स्थानमा रामेछापका दुईभाईले चोरी गरेका थिए । उक्त चोरीका सुनका गरगहना चोरीको हो भन्ने थाहा हुँदा हुदै खरिद गर्ने हरि प्रसाद रसाईलीलाई प्रहरीले छुट्टाछुटै स्थानबाट पक्राउ  गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको  । 


उनीहरुले सामूहीक रुपमा गरेका चोरीका घटनाहरु यस्ता छन् । 

  • मिति २०७७/०८/१९ गते स्थित रातको समयमा का.जि. मुलपानी स्थित  देबि बचत तथा ऋण सहकारी सस्थाबाट नगद तथा ल्यापटप समेत गरि अन्दाजि रु २०,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
  • मिति २०७७/११/०७ गते का.जि.का.म.न.पा. वडा न ३२ तिनकुने स्थित जुनार हिलटप सहकारी सस्थाबाट नगद रु १३७,५००/- बराबरको धनमाल चोरी गरी लगेको  ।
  • मिति २०७७ फागुन महिनामा का.जि.का.म.न.पा. वडा न १५ स्वयम्भु स्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना समेत गरि ४,८०,०००/- बराबरको धनमाल चोरी गरि लगेको  ।
  • मिति २०७७/११/११ गते रातीको समयमा का.जि. कागेश्वी मनहरा ७ स्थित दिदि सहकारि स्थाको मुल ढोका फोडी नगद रु २,१०,०००/- चोरी गरि लगेको 
  • मिति २०७८ साल बैशाख महिनामा का.जि. सितापाईला स्थित बिश्वनाथ खनालको घरमा कोही नभएको मौका पारी नगद तथ सुन चाँदीको गर गहना समेत गरि अन्दाजी रु ३,१०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
  • मिति २०७८/०३/१९ गते का.जि. सितापाईला बुद्धटोल स्थित कृष्ण लामाको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना गरि  अन्दाजी रु ४,३०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
  • मिति २०७८/०३/२४ गते का.जि. स्वयम्भु  स्थित आरक्ष बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि रु १,२३,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
  • मिति २०७८ बैशाख  गते का.जि.नागार्जुन ४ सितापाईला स्थित शिव प्रसाद लामिछानेको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीको गर गहना समेत गरि अन्दाजी १५,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
  • मिति २०७८/श्रावण महिनामा का.जि. का.म.न.पा. वडा न १० शंखमुल स्थित स्वबिबेक बचत तथा ऋण सहकारी संस्था बाट ढोका फोडी नगद रु १००,०००/- चोरी गरी लगेको ।
    बरामद सामानहरु:-
    १. मोबाईल थान २
    २. सुनका बिभिन्न गर गहाना ८२.६८ ग्राम ।
  • स्रोत नेपाल प्रहरी फेस्बुकपेज