बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढायोः मन्थली-काठमाडौंको भाडा ६१५ (सूचीसहित)
फाईल तस्विर ।
६ साउन, रामेछाप । बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।
भाडा वृद्धिपछि पनि काठमाण्डाै उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ ।
त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ । १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।
उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
कहाँ पुग्न कति भडा हेर्नुहोस्
