रामेछापका अधिकांश जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण (सूचीसहित)

६ भदौ, रामेछाप । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिएका र निर्वाचित जनप्रतिनिधिहरु अधिकांशले रामेछापमा खर्च विवरण गर्न अटेर गरेपछि नाम सार्वजनिक गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले पटक–पटक खर्च विवरण बुझाउनलाई ताकेता गर्दा पनि उनीहरुले अटेर गरेपछि निर्वाचन कार्यालय रामेछापले उनीहरुको नाम सार्वजनिक गरेको कार्यालय प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।
सार्वजनिक विवरण अनुसार अधिकाशं जनप्रतिनिधिहरुले निर्वाचन खर्च बुझाएका देखिदैन् । स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी १२ सय ५९ जनाले उम्मेदवारी दिएका थिए ।
आठ स्थानीय तहका प्रमुख उपप्रमुख र ६४ वटा वडामा गरी ३३६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
हेर्नुहोस् क-कसले बुझाएनन् विवरण ।