भ्रष्टचार प्रकरणमा बोल्यो मन्थली नगरपालिकाः भन्यो ‘समाचारहरु भ्रामक, कपोकल्पित र निजी स्वार्थ प्रेरित मात्रै हो, कुनै सत्यता छैन्’ (विज्ञप्तिसहित)

| भदौ ७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

७ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध सार्वजनिक भएका समाचारहरु भ्रमक, कपोकल्पित् र निजी स्वार्थ प्रेरित भएको स्पष्टिकरण दिएको छ । प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले विकास निर्माणको काममा कमिसन खाने गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता भएको भन्दै समाचारहरु सार्वजनिक भैरहेको अवस्थामा नगरपालिकाले भने आज मंगलबार एक ध्यानाकर्षण पत्र जारी गर्दै उक्त समाचारहरु ‘भ्रामक कपोकल्पित र निजी स्वार्थ प्रेरित’ भएको दाबी सहित प्रमुख प्रशासकिय अधिकृत पौडेलको बचाउ गरेको छ । साथै नगरपालिकाले प्रचलित कानून विपरित कुनै कार्य नभएको हुँदा निहित स्वार्थमा रहेर अतिरञ्जित भ्रामक र चरित्र हत्या गर्ने प्रकृतिको रहेको भन्दै बिना प्रमाण सामाजिक सञ्जालमा देखिएका समाचारमा कुनै सत्यता नभएको भनेको छ । अख्तियारमा विकास निर्माणका काममा मिलो मत्वमा लाखौं घोटाला भएको भन्दै उजूरी परेको बताइएको छ । 


नगरपालिकाले जारी गरेको विज्ञप्तिमा नगरपालिकाबाट निर्माण भएका सडक भवन र मन्दिरहरु नगरका वार्षिक कार्यक्रममा समावेश भई उपभोक्ता समितिबाट सञ्चालित योजनाहरु मन्थली नगरपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५, सार्वजनिक खरिद ऐन २०६३ (शंसोधन सहित)  र सार्वजनिक खरिद नियमावली २०६४ (शंसोधन सहित) बमोजिम प्रक्रिया पुरा गरेर सञ्चालन गरिएको तथा वडा र नगरस्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन र भुक्तानी सिफारिस तथा कार्य सम्पन्न प्रतिवेदनका आधारमा फरफारक गरिएको भनिएको छ ।’


त्यस्तै नगरपालिकामा रहेका गाडी बिग्रिएर मर्मत गराउदा स्टमेट गराई स्टमेटका आधारमा मर्मत गर्ने गरिएको र प्रयोगको औचित्यताका आधारमा सम्बन्धित व्यक्तिबाट माग फाराम गराएर मात्र ईन्धन खर्च गर्ने गरिएको, मन्थली माविको भवन निर्माण लगायत अन्य कार्यका लागि विद्यालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमुना विद्यालयमा छनौट भई सशर्त अनुदानबाट कार्यक्रम सञ्चालनमा रहेको, कुनै पनि आर्थिक वर्षमा नगरपालिकाबाट करोडौ रकम विनियोजन नभएको, नमूना माध्यामिक विद्यालयको कार्यक्रम सञ्चालन हुँदा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन निर्देशिकामा उल्लेख भए बमोजिम विद्यालयबाट नै निर्णय गरी खर्च गर्ने गरेको, सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण तथा लेखा परीक्षण गराउने दायित्व समेत सम्बन्धित विद्यालयको नै गर्ने भएको, सबै सामुदायिक विद्यालयमा निशुल्क अध्ययन÷अध्यापन गराउन सबै विद्यालयलाई लिखित तथा मौखिक रुपमा निर्देशन भई हुने गरेको विज्ञप्तिमा उल्लेख छ । 


त्यस्तै नगरसभा वार्षिक नीति तथा कार्यक्रम र वजेट प्रत्यायोजित अधिकारको प्रयोग गरी नगर प्रमुख स्तरीय निर्णयबाट सञ्चालित योजना भन्दा वाहेक योजना वितरणमा मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुनै भूमिका नहुने र त्यस भन्दा वाहेक कुनै पनि योजना छनौट नभएको र सहकारी तथा समुहका माध्यमबाट सञ्चालत कृषि फर्महरुमा नगरसभाबाट स्वीकृत कार्यक्रम र सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रममा कार्यक्रम मागका आधारमा सशर्त अनुदान कार्यक्रम सञ्चालन कार्यविधिमा उल्लेख भए बमोजिम कार्यक्रम माग गरी प्रक्रिया पुरा भएका सहकारी समुह र कृषि फर्महरुमा तोकिएका कार्यक्रम तोकिएको प्रक्रिया बमोजिम छनौट गरी कार्य सम्पादनमा भएको उपलब्धीका आधारमा उपलब्ध गराईएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्ति हेर्नुहोस्