मन्थलीमा तीज उत्सव मनाइयो

| भदौ ११, २०७९ शनिबार

A A A
A A A

११ भदौ, रामेछाप । रामेछापको मन्थलीमा वृहत हरितालीका (तीज) विशेष कार्यक्रम भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको प्रागंणमा भएको कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले यस्ता तीज जस्ता पर्वले महिलाहरुलाई एक सुत्रमा बाँध्ने काम गरेको बताएकी छन् ।  हरेक भाषा धर्म, संस्कृत मान्ने महिला दिदीबहिनीहरुको यो पर्वले सबै महिलाहरुलाई एक ठाउँमा उभ्याउन भूमिका खेलेको उनको भनाई छ । 

 


शनिबार आज नेपाल महिला मगर संघ जिल्ला कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले महिलाहरु पनि सबै ठाउँ कामको लागि सक्षम रहेकोमा जोड् दिइन् । 

 

उनले वर्षभरीका दुःख भुलाएर एक दिन रमाईलो गर्नको लागि तीज पर्वको महत्व रहेको प्रष्ट्याइन् ।  राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीसहितको तीज विशेष कार्यक्रम स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।