कांग्रेस सभापति ‘कान्छाराम’ लाई सभापतिबाट बर्खास्त गर्न भन्दै परेको उजुरी खारेज

११ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई सभापतिबाट बर्खास्त गर्न भन्दै परेको उजूरी खारेज हुने भएको छ ।
लामो समयदेखिको पार्टी भित्रको बिबाद् मिलेसंगै सभापति बिरुद्ध उजुरी स्वत खारेज हुने निर्णय भएको पार्टी प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘आजको बैठकले ईमेल, मेलसहित कुनै पनि माध्यमबाट परेका उजुरीहरु, निबेदन केन्द्रिय सदस्य हरिशरण नेपालीले केन्द्रमा गएर खारेज गर्ने निर्णय गरिएको छ । त्यो स्वत खारेज भयो ।’
यसअगाडि गत साउन ७ गते बहुमत सदस्यले पार्टी सभापति ‘कान्छाराम’ को कार्यशैली प्रति असन्तुष्ट जनाउदै सभापतिबाट बर्खास्त गर्न केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
आज शनिबारको बैठकले गत साउन ३ गतेपछि गरेका दुबै पक्षका निर्णयहरु खारेज गर्ने र सभापतिले आफ्ना गतिविधिहरु सुधार गर्ने बताएपछि बिबाद् टुङ्गिएको प्रवक्ता बोगटीले बताए । योसंगै जिल्लामा अब कांग्रेस एक ढिक्का भएको उनले जिकिर गरे । ‘अब सबै बिबाद् मिलेको छ । हामी एक भएर आसन्न निर्वाचनमा केन्द्रित हुन्छौं ।’