जनतासंग मेरो राम्रो सम्बन्ध छ, टिकट् पाए कांग्रेसलाई जसरी पनि जिताउछु– घिमिरे

१५ भदौ, रामेछाप । समाजसेवी छवि बनाएका शम्भु घिमिरेले आफू आउँदो निर्वाचनमा प्रदेश सभा ‘क’ मा उम्मेद्वारी दिने बताएका छन् । उनले भने ‘सबैसंग छलफल गरेर कांग्रेसले सहयोग गरेमा म जिल्लाको क्षेत्र नं १ बाट उम्मेद्वर बन्ने तयारीमा छु ।’
भर्खरै बागमती प्रदेश सभापति ईन्द्र बानियाँले प्रदेश सदस्यमा मनोनित गरेका घिमिरेले आफू जिल्लाको विकासको लागि यहाँबाट उम्मेद्वर बन्ने चहाना रहेको बताए । पार्टी निकट पत्रकारहरुसंगको भेटमा घिमिरले भने ‘लामो समयदेखी कांग्रेसको राजनीतिमा छु । विभिन्न काम पनि गरेको छु । सहयोग पनि गरेको छु । भोलीका दिनमा पनि यो निरन्तर रहन्छ, त्यसैले यो पटक उम्मेद्वर बन्ने तयारीमा लागि परेको छु ।
गठबन्धन भएमा कसले टिकट् पाउँछन् भने अन्यौल्ताका बीच कांग्रेसभित्र आकाक्षी भने धेरै देखिएका छन् । पार्टीका एक दर्जन नेताहरु आफू उम्मेद्वरको बलियो दाबेदार भएको भन्दै आफूलाई पार्टीले स्थान दिनु पर्ने बताउनेको संख्या धेरै देखिएको स्रोतको दाबी छ ।
यसैबीचमा घिमिरेले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ घर भएका घिमिरेले भने ‘लामो समयदेखि नै पार्टीमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्टीलाई सहयोग गर्दै आएको छु । गाँउमा सामाजिक काम पनि गरिरहेको छु । जिल्लाका सबै नागरिकसंग पनि मेरो राम्रो सम्बन्ध छ । प्राय उनीहरुको घर दैलोमा म, विभिन्न कार्यक्रम लिएर पुगेको छु । त्यसैले पार्टीले मलाई टिकट दियो भने हामी जित्छौं, म पार्टीलाई जिताएर देखाउछु, यो मेरो प्रतिबद्धता हो उनले भने ।’
२०४६ सालदेखि पार्टीमा सक्रिया घिमिरे हाल लायन्स कल्ब रहेर सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।