घिसिङ् र ढकाललाई दियो एमाले रामेछापले उम्मेद्वार टुङ्ग्याउने जिम्मेवारीः १९ र २० गते जिल्ला कमिटी बैठक

१६ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वर टुङ्गो लगाउन दुवै प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गरेको छ ।
बुधबार जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ, जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य कैलाश ढुङ्गेल, प्रदेश कमिटी सदस्य शान्तिप्रसाद् पौडेल र तुलप्रसाद कंडेलसहितको उपस्थितिमा बसेको बैठकले प्रदेश ‘क’ मा होतराज ढकाल र ‘ख’ मा मिलन घिसिङ्लाई संयोजकको जिम्मेवारी दिदै निर्वाचन कमिटी गठन गरेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिए ।
ढकाल र घिसिङ्को संयोजकत्व सदस्यहरुसहित गठित कमिटीले प्रदेश सदस्य उम्मेद्वार टुङ्गो लगाउने छ ।
त्यस्तै बुधबारकै बैठकले आउँदो १९ र २० गते जिल्ला कार्यसमिति बैठक डाक्ने निर्णय गरेको छ । सोही दिन वडाहरुमा तिकिएका कार्यक्रमहरु स्थगित भएको जनाउदै उक्त दिन बस्ने बैठकले अर्को मिति तोक्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
विज्ञप्ति हेर्नुहोस्