हिमगंगा मा.वि.का २९ शिक्षक/शिक्षिकाले पाए ल्याप्टप

| भदौ २१, २०७९ मंगलबार

A A A
A A A

२१ भदौ, रामेछाप ।  रामेछाप नगरपालिका स्थित हिमगंगा मा.वि. का शिक्षकलाई विद्यालयले ल्याप्टप प्रदान गरेको छ । 

 

‘एक शिक्षक एक ल्यापटप वितरण’ कार्यक्रम अन्तर्गत सोमबार विद्यालयले २९ जना शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको विद्यालयले जनाएको छ । 

 


नमुना विद्यालय अन्तरगत रहेको शैक्षिक तथा व्यवस्थापकीय शीर्षक अन्तरगत चालु आर्थिक वर्षको बजेटबाट २९ थान ल्यापटप खरीद गरी सोमबार वितरण गरिएको विद्यालयले जनाएको छ । 

 

विद्यालले नपुग भएका ल्याप्ट चालु वर्षको बजेटबाट सबै शिक्षकलाई वितरण गर्ने कार्यक्रम रहेको बताएको छ । शिकाईलाई उपलब्धि मूलक र प्रविधिमैत्री बनाउन ल्याप्टप वितरण गरिएको विद्यालय प्रशासनको भनाई छ । यसले पठनपाठनमा सहज र उपलब्धि मुलक हुने विश्वस लिएको छ।