नेविसंघ मन्थली इकाई र स्ववियुले पनि माग्यो जिल्ला सभापति अधिकारीको बर्खास्ती

२१ भदौ, रामेछाप । रामेछापको मन्थली स्थित मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसका (स्ववियु) सदस्य र क्याम्सप नेविसंघ इकाईका विद्यार्थीले पनि (नेविसंघ) जिल्ला सभापतिको नेतृत्व परिवर्तन गर्न माग गरेका छन् ।
नेविसंघका बहुमत जिल्ला कार्यसमिति सदस्यहरुले जिल्ला अध्यक्षको बर्खास्तीको माग गरिरहेका बेला क्पाम्स इकाईले पनि संगठनका जिल्ला अध्यक्ष शुशिल अधिकारीले विद्यार्थी संगठनको मर्म अनुसार काम गर्न नसकेको ठहर गर्दै परिवर्तन गर्न माग गरेका हुन् ।
क्याम्पस इकाई, स्ववियु सदस्य लक्की पूर्वेले हस्ताक्षर गरि जारी गरिएको पत्रमा ‘अध्यक्ष काठमाडौं केन्द्रित भएको, अबैधानिक ढंगले संगठनलाई कम्जोर बनाउदै गएको कारणले गर्दा वास्तविक विद्यार्थीहरुको भावनलाई शैक्षिक राजनीतिक र चारित्रिक वा नैतिक बनाउन नसकेको, विद्यार्थी संगठनलाई चुस्त, दुरुस्त र संगठित नबनाएको हुँदा परिवर्तन गरिपाउँ भनिएको छ ।’
विज्ञप्ति हेर्नुहोस्