रामेछापका कार्की काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेद्वरी घोषणा (प्रतिबद्धतासहित)

२२ भदौ, रामेछाप । रामेछापका काजीबहादुर कार्की काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र रुपमा चुनाव लड्ने भएका छन् ।
कार्कीले २१ बुँदे प्रतिबद्धता जारी गर्दै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार घोषणा गरेका हुन् ।
जिल्लाको गोकुलगंगा गाउँपालिका ४ बेताली घर भएका कार्की परिवारसहित काठमाडौंमै लामो समयदेखि बसोबास गर्दै आएका छन् ।
उनी नेपाली कांग्रेसका नेता पनि हुन् । तर, कार्कीले निर्वाचन स्वतन्त्र रुपमा उम्मेद्वरी घोषणा गरेका छन्। साथै प्रचारप्रशार तिब्र पारेका छन् ।