जिल्ला निर्वाचन कार्यालय रामेछापले चुनावको खर्च विवरण नबुझाउने उम्मेद्वारलाई भन्यो विवरण दिन नसक्नुको कारण देउ

| भदौ २३, २०७९ बिहिबार

A A A
A A A

२३ भदौ । जिल्ला निर्वाचन कार्यालय रामेछापले गत स्थानीय तह निर्वाचनमा भाग लिएर हाल सम्म पनि चुनाव खर्च विवरण नबुझाउने उम्मेद्वरहरुलाई स्पष्टिकरण बुझाउन आग्रह गरेको छ ।

 

यसअगाडी कार्यालयले खर्च विवरण नबुझाउने उम्मेद्वारहरुका नामावली सार्वजनिक गरेको थियो । 

आज बिहिबार जिल्ला निर्वाचन कार्यालय रामेछापले गोखापत्र दैनिकमा पत्रकाशित सूचना सामाजिका संजालमा राख्दै स्थानीय तह निर्वाचनमा नगर तथा गाँउ कार्यपालिका सदस्यको उम्मेदवार र जिल्ला समन्वय समिति सदस्यहरुले मतपरिणाम आएको ३० दिन भित्र पनि खर्च विवरण नबुझाउनेहरुले जिल्ला निर्वाचन कार्यालयमा आफै उपस्थित भई के कति कारणले समयमा पेश गर्न नसकिएको हो सोको कारण सहित स्पष्टिकरण दिन भनेको हो ।