संविधान दिवसको अवसरमा बजार सरसफाई

| असोज ३, २०७९ सोमबार

A A A
A A A

३ असोज, रामेछाप । सातौँ संविधान दिवसको अवसरमा मन्थली नगर युवा परिषदले बजार सरसफाई गरेको छ ।

 

मन्थली नगरपालिका स्थित मन्थलीबजार, चोक, नाला सरसफाई गरि सोमबार दिवसलाई मनाइएको कार्यकारी उपाध्यक्ष पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार सांकेतिक रुपमा राष्ट्रिय दिवसलाई महत्वपूर्ण र स्मरण योग्य बनाउन बजार सरसफाई गरिएको हो । 

 

नगरप्रमुख प्रमुख लव श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा, सहित मन्थली सांस्कृतिक युवा समाज हाटेचउर, टोल सुधार समिती साथै विभिन्न राजनैतिक दल, विभिन्न संघ संगठनका प्रतिनिधिहरुले सफाई गरेका हुन्  ।

 

साथै युवा परिषद्ले दिवसको अवसरमा आ–आफ्नो घरमा साँझ दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।