सभापति तामाङ्ले भने–‘मैले टिकट पाएको छैन, हल्लाको पछि नलाग्नुस्’

| असोज १४, २०७९ शुक्रबार

A A A
A A A

१४ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवं आसन्न निर्वाचनको प्रतिनिधि सभा सदस्य उम्मेदवारका प्रमुख दाबेदार पूर्वबहादुर तामाङ ‘कान्छाराम’ ले आफ्नो नाममा टिकट आएको भन्ने हल्ला मात्रै भएको बताएका छन् ।

 

शुक्रवार सङ्घमा पार्टी सभापति तामाङ्ले गठबन्धनको साझा उम्मेदवारको तर्फबाट संघको टिकट पाएको भन्दै कांग्रेसकै जिम्मेवार तहका नेताहरूले सामाजिक संजालमा बधाई दिँदै प्रचार गरी रहेका छन् । 

 

सोही विषयमा रामेछाप टाइम्सले सभापति तामाङलाई ‘टिकट पाउनु भयो भन्ने चर्चा छ, भनेर टेलिफोन संवाद कुराकानी गर्दा उनले 'हैन हैन यो बिलकुल गलत कुरा हो । हल्लाको पछि नलाग्न म सबैमा आग्रह गर्दछु भने ।’ 

 

यद्दयपी सभापति तामाङले कांग्रेसको भागमा संघको टिकट पर्‍यो अरे, भन्ने सुन्नमा आएको छ । आधिकारिक प्रमाण केही छैन् भने । गलत हल्ला नफिँजाउन समेत उनले कार्यकर्तालाई आग्रह गरे । 

 

गठबन्धनको तर्फबाट संघ नेपाली काँग्रेस लिएर प्रदेश गठबन्धनका अन्य दललाई छाड्ने सहमती चलेको नेताहरु बत्ताउँछन् । यसमा पनि टुङ्गो लागी नसकेको नेताहरूको भनाई छ ।

 

नेकपा माओवादी केन्द्रले पनि संघको दाबी नछोडेको माओवादीका नेता युवराज चौलागाई बत्ताउँछन् ।