कटुवाल बने कांग्रेस उमाकुण्ड गाउँपालिकाको सभापति

| असोज २७, २०७९ बिहिबार

A A A
A A A

२७ असोज, रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिकाको सभापतिमा बाबुराम कटुवालले जिम्मेवारी पाएका छन् । 

 

अर्को व्यवस्था नभएसम्मको लागि भन्दै जिल्ला पार्टी सचिव एवं पदपूर्ती समितिका संयोजक दीपक खड्काले गत सोमबार कटुवाललाई पार्टी गाउँपालिका सभापतिको जिम्मेवारी दिइएको पत्रमार्फत जानकारी दिएका छन् । 

 

 


यसअगाडिका सभापति स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट् नदीपछि असन्तुष्टि हुदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेका थिए ।