यी हुन् एमाले रामेछापबाट प्रदेश र प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराउनेहरु

| असोज २७, २०७९ बिहिबार

A A A
A A A

२७ असोज, रामेछाप । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको लागि नेकपा (एमाले) रामेछापको तर्फबाट कैलाश ढुङ्गेलको उम्मेद्वारी दर्ता भएको छ । 

 


आयोगले तोकेको समयमा गत निर्वाचनमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका ढुङ्गेलले उमेद्वारी दर्ता गरेका हुन् । उनी पार्टीमा ओलीका विश्वासिला पात्र मानिन्छन् । उनी जिल्ला पार्टी ईन्चार्ज एवं केन्द्रीय सदस्य समेत हुन् ।

 

त्यस्तै दुई निर्वाचन क्षेत्र रामेछापमा प्रदेश सभा ‘क’ उम्मेदवार मा पनि तत्कालीन नेकपा एमाले हुँदा माधव नेपाल निकट मानिने शान्ति प्रसाद पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् । 

 

उनी एमालेमा विद्रोह गरेर पार्टी फुट्दा माधव नेपाललाई छोडेर एमालेमै बसेका थिए । उनी तत्कालीन समयमा बागमती प्रदेशको उद्योग तथा वातावरण मन्त्री ४९ दिन सम्म बनेका थिए । पार्टीका तीव्र आकाङ्क्षीलाई पछि पार्दै उनी दोहोरिएका हुन् । 

 

त्यस्तै प्रदेश सभा ‘ख’ मा भने एमालेले नयाँ अनुहारलाई मौका दिएको छ । गैरसरकारी संस्थामा लामो समय काम गरेर अनुभव बटुलेका गै.ससका.केन्द्रीय सदस्य समेत रहेका मिलन कुमार घिसिङको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । 

 

एमालेले बहुमतको साथ चुनाव जित्ने दाबी गरेको छ ।