‘कान्छाराम’ र ढुङ्गेल सहित प्रतिनिधि सभाका उम्मेद्वारले चुनाव जित्न अधिकतम ३३ लाख खर्च गर्न पाउने (सूचीसहित)

| कात्तिक १, २०७९ मंगलबार

A A A
A A A

१ कात्तिक, रामेछाप । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । रामेछापमा गठबन्धनको तर्फवाट (नेपाली कांग्रेस र माओवादी) बाट कांग्रेस सभापति पूर्णबहादुर तामाङ् (कान्छारा) ले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गरेका छन् ।

 

त्यस्तै गठबन्धनबाट बाहिरैदै नेकपा एकिकृत समाजवादीबाट देवशंखर पौडेलले प्रतिनिधि सभामा उम्मेद्वारी दिएका छन् । भने नेकपा एमालेको तर्फबाट जिल्ला पार्टी ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले उम्मेद्वारी दिएका छन् । अन्य पार्टीहरुले पनि प्रदेश र प्रतिनिधि सभामा उम्मेद्वारी दिएका छन्  । तर, हालसम्मको माहौल हेर्दा गठबन्धन र एमालेका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

 

 

जसअनुसार रामेछापमा प्रतिनिधि सभा तर्फ कूल अधिकतम ३३ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने निर्धारण गरिएको आयोगले जारी गरेको सूचीमा उल्लेख गरिएको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ ।

 

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।



जारी सूचीमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् ।  यीमध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य रहेका छन् ।

 

त्यस्तै रामेछापमा कूल ९२ हजार ६९ जना पुरुष र ८८ हजार ३७ जना महिला गरि कूल १ लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।  त्यस्तै ९६ वटा मतदान स्थल कायम भएको छ । भने २२६ वटा मतदान केन्द्र रहेका छन् । 

 

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् सूची यस्तो छ ।