एमाले राजा फर्काउने एजेण्डा बोकेर भोट माग्न ‘राप्रपा’संग हिड्दै छ– कुशल

| कात्तिक ४, २०७९ शुक्रबार

A A A
A A A

४ कात्तिक, रामेछाप । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले एमालेले राजा फर्काउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका छन् । 

 

बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ४ मा लोकतान्त्रिक बाम गठबन्धनको वडा स्तरीय चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो निर्वाचनमा ‘राजा आउ देश बचाउ भन्ने पार्टीसँग एमालेले गठबन्धन गरेर राजा फर्काउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका हुन् । 

 


लामो संघर्षपछि बनेको संविधानलाई नै ध्वस्त पार्ने गरि दुई –दुई पटक संसद भंग गरेर देशलाई जनप्रनिधि बिहिन बनाउन खोज्ने केपी ओलीले फेरि राजा फर्काउने एजेण्डा सहित चुनावी अभियानमा एमाले हिँडेकाले यस्तो पार्टीलाई हराउनूनै मतदाताको र नेपालीको भाग्य हुने बताए । 

 

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिध सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ र नेकपा (माओवादी केन्द्र) बाट रामेछाप प्रदेश सभा क्षेत्र (क) का उम्मेद्वार रहेका तारानारायण श्रेष्ठ ‘बिगुल’ सहितको टोलीलाई लिएर निवर्तमान सांसद समेत रहेका ‘कुशल’ चुनाबी आभियानमा हिडेका छन् ।