मतदातामाझ चौलागाईले भने ‘चुनाव जिताउनूहोस युवा र महिलाको क्षेत्रमा गुनासो गर्ने नपर्ने गरी काम गर्छु’

| कात्तिक ४, २०७९ शुक्रबार

A A A
A A A

४ कात्तिक, रामेछाप । गठबन्धन तर्फबाट रामेछाप प्रदेश ‘ख’  का माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाइले नागरिकले गुनासो गर्नु नपर्ने गरी काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

 

रामेछाप प्रदेश सभा ‘ख’ को तर्फबाट उम्मेदवार रहेका चौलागाइले प्रदेशसभा सदस्य भएर आफूले गर्ने सबै काममा कुनै कमी हुन नदिने उनको दाबी छ । 


दोरम्बा शैलुङ् गाउँपालिकाका विभिन्न वडाहरुमा चुनावी सभा एवं मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता चौलागाईले यस्तो बताएका हुन् । 

 

चौलागाइले चुनावी अभियानका क्रममा युवाहरुको क्षेत्रमा चौतर्फी विकास गर्ने योनजा रहेको सुनाउदै महिला र युवाहरुलाई प्राथामिकता दिएर काम गर्ने बचन दिए । 

 


उनले युवा र महिलाहरुको जीवन स्तर उकास्न र शिक्षा र स्वास्थ्य सरल सुलभ सेवा प्रवाहलाई प्राथमिकतामा ल्याउने गरि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए