विकास देख्न चहानु हुन्छ भने एमालेलाई भोट दिनुहोस् पौडेल (भिडिओसहित)
१६ कात्तिक, रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेश समिति सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेलले विकास गर्ने हो भने एमालेलाई भोट दिनु पर्ने दाबी गरेका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय सरकार गतिलो भएन भने काम गर्न निकै गाह्रो हुने भन्दै हिजोका गल्ती कमिकम्जोरी सच्याएर अगाडि बढ्नु पर्ने उनको सुझाव छ । उनले एमालेको सरकारले रेलयुग, सुरुङको युगको सुरुवा गरेको दाबी गरे ।
उनले लिखु तामाकोसी गाउँपालिकामा भित्रका सडक कालो पत्रे गर्नको लागि तत्कालीन गाउँपालिकाले गर्दा समस्या भएको दाबी गरे ।
पौडेलले नागरिक बन्न १६ वर्ष पुगे हुने तर, विवाह गर्न २० वर्ष पुग्नु पर्ने जस्ता विषय अहिले समस्यामा पार्ने विषय भएको बताए ।
कतिपय कानुनले पनि काम गर्नको लागि समस्या हुने गरी निर्माण गरिएकोले अब आफूहरूले जितेपछि यस्ता कानुन सच्चाउने आश्वासन दिए ।