‘एमाले झुटको खेती गरेर जनतालाई ढाँट्ने पार्टी रहेछ’ भन्दै एमालेका वडा अध्यक्ष सहित दर्जनौँ काँग्रेस प्रवेश

| कात्तिक १८, २०७९ शुक्रबार

A A A
A A A

१७ कात्तिक, रामेछाप । नेकपा‌ एमाले मन्थली नगरपालिका वडा नं १० चनखुका वडा कमिटी अध्यक्ष पार्टी परित्याग गर्दै नेपाली काँग्रेस प्रवेश गरेका छन् । 

 

प्रवेश गर्नेमा पार्टी वडा अध्यक्ष भालु थापा मगरसहित दर्जनौँ एमालेका संगठित सदस्यहरू रहेका छन् । उनीहरूलाई नेपाली काँग्रेसका सभापति एवं प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले स्वागत गरेका छन् । 

 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेदवार समेत रहेका मगर बिहीबार लोकतान्त्रिक बाम गठबन्धनले चनखुमा आयोजना गरेको सभामा प्रवेश गरेका हुन् ।‌‌ 

 

 

काँग्रेसमा प्रवेश गरेका भालु थापाले एमाले झुटको खेती गरेर जनतालाई ढाँट्ने पार्टी भएकाले त्यस्तो पार्टीमा बस्न उपयुक्त नलागेकाले लोकतान्त्रिक पार्टीमा आएको बताए ।