कैलाश ढुङ्गेलको १६ बुँदे घोषणापत्र : ३ वर्ष मन्त्री हुँदा यतीसम्म गरे, अब यस्तो गर्छु (पूर्णपाठ)

| कात्तिक १८, २०७९ शुक्रबार

A A A
A A A

१८ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

 

‘दक्षिणपन्थी अराजकता सङ्गठनात्मक अराजकतालाई परास्त गरी, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ एमाले केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेलले जनतासँग नङ र मासु जस्तै सम्बन्ध कायम गरेको, राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वाभिमान रक्षाका निम्ति प्राणको बाजी लगाउन तयार रहेको घोषणापत्रमा उल्लेख गरेका छन् । 

 

१६ बुँदे घोषणा तथा प्रतिबद्धता पत्रमा पूर्व प्रदेश अर्थमन्त्री समेत रहेका ढुङ्गेलले गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधारलाई पहिलो प्राथमिकता दिएका छन् । 

 

त्यस्तै निरोगी नेपाल : स्वस्थ नेपाली, स्वच्छ खानेपानी ः सफा बस्ती र राम्रो आनीबानी, आधुनिक ऊर्जा ः उज्यालो पालिका, उन्नत कृषि ः किसानको समृद्धि, सहज आवागमनको आधार ः दिगो यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास ः विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि ः स्वदेशमै रोजगारी, सम्मान र समृद्धि उद्यमशीलता र रोजगारी ः समृद्धिका लागि सहकारी मौलिक कला र संस्कृति ः पर्यटनबाट समृद्धि सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक बुवा समानतातर्फको महिला यात्रा ः समाजवाद, उन्मुख राज्यको विशेषता खुसी ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गमैत्री सबै पालिका सन्तुलन समुन्नत लोकतन्त्रको आधार ः मेलमिलाप, न्याय र मानव अधिकार संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय वातावरणमैत्री स्थानीय शासन प्रारूप भन्दै पार्टी जिल्ला इन्चार्ज ढुङ्गेलले मत मागेका छन् । 

 

२०३५÷३६ सालको विद्यार्थी आन्दोलनको प्रेरणाबाट अनेरास्ववियुमा सङ्गठित भई तत्कालीन नेकपा (माले) को सङ्गठित सदस्यता प्राप्त गरी पार्टीले दिएको विभिन्न जिम्मेवारी समेत पूरा गर्दै आजसम्म पार्टीको विभिन्न जिम्मेवारीमा रहेका ढुङ्गेलले तत्कालीन प्रदेशको अर्थ मन्त्री बन्दा विभिन्न काम गरेको दाबी गरेका छन् । 

 

विभिन्न आन्दोलनका क्रममा जेल २० महिना र दर्जनौँ पटक प्रहरी हिरासत परेको पनि स्मरण गरेका छन् । २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति र २०७४ सालको निर्वाचनमा दोस्रो पटक रामेछाप जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २ को बागमती प्रदेश सभा सदस्यको जनप्रतिनिधिको रूपमा निर्वाचित भएको उल्लेख घोषणा पत्रमा उल्लेख गरेका छन् ।

 

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा ३ वर्ष काम गर्दा जिल्लाको सडक कालोपत्रे, स्तरोन्नति, सडक पुल निर्माण, खेलकुद मैदान तथा कभर्ड हल निर्माण, प्रदेश स्तरीय अस्पताल स्थापना, आयुर्वेदिक अस्पताल, कोभिड १९ लाई ध्यानमा राखी अक्सिजन प्लान्ट र ल्याब तथा पालिका स्तरीय अस्पतालको स्थापना र स्वास्थ्य चौकीमा सुविधा थप, हरेक पालिकामा प्राविधिक शिक्षालयको स्थापना गरेको छु भनेका छन् । तर, यी काम आधाआधी पनि भएका छैनन् । 

 

घोषणा पत्र हेर्नुहोस्