कैलाश ढुङ्गेल कालो बाटो देख्ने बित्तिकै मैले बनाएको भन्दै भोट् माग्दै छन् -उपसभापति कार्की

| कात्तिक १८, २०७९ शुक्रबार

A A A
A A A

१८ कात्तिक, रामेछाप ।  नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका कैलाश ढुङ्गेलले पिच भएको कालो सडक देख्ने बित्तिकै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिँडेको आरोप लगाएका छन् । 

 

शुक्रवार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनावी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिँडेका कैलाश ढुङ्गेलले बर्षौ अघि देखि राज्यको लगानीमा पिच भएका पक्की सडक सबै आफूले बनाएको भनेर जनतालाई ढाँट्दै हिँडेको आरोप लगाएका हुन् ।

 

 

एमालेबाट रामेछाप प्रदेश सभा (ख) मा उम्मेदवार रहेका मिलन कुमार घिसिङले एउटा एनजिओ मार्फत समाज विकास गर्छु भन्दै करोडौँ रकम झ्वाम्म पारेर अहिले त्यही रकम हेडक्वार्टर बुझाएर टिकट ल्याएर चुनाव लडेको बताउँदै त्यस्ता व्यक्तिबाट रामेछाप प्रदेश सभा (ख) को विकास नहुने धारणा राखे । 

 

रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जित निश्चित भइसकेको दाबी गर्दै अहिले नेकपा एमाले जिल्लामा आफ्नो पक्षमा रहेको मतलाई  संरक्षण गर्न मात्रै हिँडेको उनले बताए । 

 

 

उनले लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ र रामेछाप प्रदेश (ख) का उम्मेदवार युवराज चौँलागाईलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गरेका छन् ।