मिलन घिसिङ्को घोषणपत्रः युवालाई स्वरोजगार बनाए, करडौंको सहयोग, यस्ता छन् प्रतिबद्धता (पूर्णपाठ)

२० कात्तिक, रामेछाप । नेकपा एमाले रामेछाप प्रदेश सभा ‘ख’ का उम्मेदवार मिलन कुमार घिसिङले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । केही दिन अगाडि एमाले प्रदेश कमिटीका सदस्य समेत रहेका उम्मेदवार श्रेष्ठले पार्टीका प्रतिनिधिसभाका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले सार्वजनिक गरेको संयुक्त प्रतिबद्धतालाई जस्ताको तस्तै समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् ।
उनले आफूले विगतमा गैरसरकारी संस्थामा आबद्ध हुँदा गरेका सामाजिक सेवा गरेको, जनतालाई सेवा प्रदान गरेको जस्ता कामलाई प्राथमिकता दिएका छन् । गैरसरकारी संस्थाका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ विगतमा (एनजिओमा) आबद्ध थिए ।
यस्तो छ राजनीतिक यात्रा
२०४६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनको प्रारम्भमा गरेका श्रेष्ठ २०५४ सालदेखि नेकपा (एमाले) मा समाहित हुँदै नेकपा (एमाले) को प्रतिबद्ध कार्यकर्ताको रूपमा विभिन्न जिम्मेवारीहरूमा रही सक्रिय छन् ।
हालसम्म राजनैतिक हिसाबले कुनै पनि सत्ता, सरकार वा राजकीय भूमिकामा नपुगेका श्रेष्ठ राजनैतिक कार्यकर्ता र सामाजिक अभियन्ताको हिसाबले सधैँ जनताको सुख, दुःखमा साथमा उभिएको दाबी गर्छन् ।
हाल सम्म यस्तो काम गरेका छन् ।
उनले राज्यको स्रोत, साधन र अवसरबाट वञ्चित, विकासको मूल प्रवाहमा सहभागी हुन नसकेको गरिब, दलित, सीमान्तकृत जातजाति, लिग, वर्ग, भूगोल र समुदायलाई विकासको मुला प्रभावहमा सहभागी गराउन उनीहरूलाई सङ्गठित गर्ने उनीहरूको जीवनस्तर सुधारका लागि विभिन्न जीविकोपार्जनका अवसरहरू प्रदान गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका समस्याहरू समाधानका लागि आवश्यक सहयोग गर्ने साथै विभिन्न विपत्तिहरूमा आवश्यक राहत सहयोग लगायत प्रदान गरेको घोषणापत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले चार हजार घरधुरी खानेपानी सुविधा, दर्जनौँ गाउँघर क्लिनिक तथा सामुदायिक स्वास्थ्य इकाई स्थापना, स्वास्थ्य चौकी निर्माण, १० हजार भन्दा बढी घरधुरीमा सुधारिएको चुलो तथा शौचालय निर्माण,पाँच हजार घर परिवारलाई आयआर्जनका लागि करिब ६ करोड भन्दा बढी घुम्तिकोष उपलब्ध, ५०० युवाहरूलाई विभिन्न सीपमूलक तालिम, दर्जनौँ भूकम्पद्वारा क्षतिग्रस्त विद्यालयहरूको पुनः निर्माण, दर्जनौँ सिँचाइ कुलोहरूको निर्माण, मर्मत सुधार र सिँचाइ पोखरीहरूमार्फत सिचाई सुविधा उपलब्ध गरेको घोषणापत्रमा उल्लेख गरेका छन् ।
चार सय भन्दा बढी मोतिया विन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियामार्फत आँखाको ज्योति फर्काउन सफल, आङ्ग खस्ने समस्या भोगिराखेका सयौँ महिलाहरूको निःशुल्क उपचार, पाँच हजार भन्दा बढी व्यक्तिहरूलाई रोजगारी सिर्जना, दुई हजार भन्दा बढी भूकम्पद्वारा क्षतिग्रस्त घरहरू पुनः निर्माण, १० हजार घर परिवारलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता, त्रिपाल लगायत खाद्यान्न, लत्ताकपडा सहयोग गरेको छु भनेका छन् ।
त्यस्तै दर्जनौँ स्वास्थ्य संस्थालाई कोभिडको समयमा अक्सिजन सिलिन्डर अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, अक्सिमिटर, मास्क, स्वानिटाइटर लगायतको औषधी उपकरण सहयोग, सयौँ द्वन्द्व पीडित महिलाहरूलाई जीविकोपार्जनका लागि आर्थिक सहायता प्रदान,बाल क्लब, महिला समूह र युवा समूहमार्फत बालबालिका, महिला र युवाहरूलाई उत्प्रेरणा, दर्जन सहकारी संस्थाको स्थापना गरेको छु भनेका छन् । यी सबै काम भने उनले एक गैरसरकारी संस्थाको प्रमुख जिम्मेवारीमा बसेर प्रोजेक्टको माध्यमबाट गरेका हुन् ।
घोषणापत्र हेर्नुहोस्