एमाले प्रदेश कमिटी सदस्य लामासहित तीन दर्जन बढी एमाले नेता कार्यकर्ता माओवादी प्रवेश

२० कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामासहित तीन दर्जन भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।
आइतवार आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादी केन्द्रका नेता एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित उपस्थितिमा एमालेका विभिन्न निकायका नेता पदाधिकारी माओवादी प्रवेश गरेका हुन् ।
उनीहरुलाई ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराए । चुनाव नजिकिएसंगै एमाले छाड्नेहरुको संख्या बढेको छ । केही दिन अगाडी मात्रै सदरमुकाम मन्थलीका निवर्तमान वडा अध्यक्ष नारायण दाश श्रेष्ठ पनि एमाले छोडेर माओवादीमै फर्किएका थिए ।
नामावली हेर्नुहोस्