९६ वटै मतदान केन्द्रमा पठाउने सामाग्री तयार

| कात्तिक २१, २०७९ सोमबार

A A A
A A A

२० कात्तिक, रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीहरू पठाउने तयारी पूरा भएको जनाएको छ । 

 

तीव्र गतिमा चुनावी गतिविधिमा केन्द्रित जिल्ला निर्वाचन र मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आज सोमबार कर्मचारी खटाउने देखि मतदान केन्द्रको लागि आवश्यक सबै सामाग्री तयार पारेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

एक प्रतिनिधिसभा सदस्य र दुई वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको रामेछापमा ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्र कायम गरिएको छ । 

 

निर्वाचनमा जिल्लाका एक लाख ८३ हजार ३०९ जना मतदाताले भोट हाल्दै छन् ।