यी हुन् रामेछापका मतदान अधिकृत र चुनावमा खटिने कर्मचारी (नामावलीसहित)

| कात्तिक २२, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२२ कात्तिक, रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनमा खटिने कर्मचारीको खटन पटन गरेको छ । हिजो सोमबार जिल्ला निर्वाचन कार्यालय रामेछापले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले छनोट गरेका मतदान अधिकृत र कर्मचारीलाई जिल्लाका ९६ वटा मतदान स्थल २२६ मतदान केन्द्रमा जिम्मेवारी तोकेकी हुन् । 

 

 

उनीहरूले आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई सफल पर्नु पर्ने छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि आवश्यक पर्ने मतदान अधिकृत र कर्मचारीलाई छनौट गरिएकोले जिल्ला निर्वाचन कार्यालय रामेछापले सूचना जारी गर्दै जानकारी दिएको हो ।

 

 

८ वटा स्थानीय तह रहेको रामेछापमा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्यको लागि निर्वाचन हुँदै छ । जसको लागि निर्वाचन कार्यालयले आवश्यक सामाग्री पनि पठाउनको लागि तयार पारिसकेको जनाएको छ । 

 

हेर्नुहोस् नामावली ।