निर्वाचनमा खटिएका १८१७ जना कर्मचारीलाई यी स्थानीय तहमा हुँदैछ चुनावी प्रशिक्षण (सूचीसहित)

२४ कात्तिक, रामेछाप । मुख्य निर्वाचन कार्यालय रामेछापले आसन्न निर्वाचनलाई सफल पार्न कर्मचारी खटनपटनलाई तीव्रता दिएको छ । जसअनुसार आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि एक हजार बढी कर्मचारी खटाइएको छ ।
मुख्य निर्वाचन कार्यालय रामेछापले सामाजिक सञ्जालमार्फत निर्वाचन स्थलमा खटाइएका कर्मचारीहरूको नाम सार्वजनिक गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी कूल एक हजार ८ सय १७ जना कर्मचारी परिचालन गरेको जानकारी दिएको छ ।
उनीहरूलाई शुक्रवार र शनिवार अभिमुखीकरण दिएर मतदान केन्द्रमा खटाइने जनाइएको छ । निर्वाचनमा खटिने सबै कर्मचारीहरुलाई पाएक पर्ने स्थानीय हतमा निर्वाचनसंग सम्बन्धित अभिमुखिकरण एवं तालिम हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले सूचना जारी गर्दै जानकारी दिएको छ ।
तालिका हेर्नुहोस्