एमाले सुनापति गाउँपालिका सचिव सहित एक दर्जन बढी नेता माओवादी प्रवेश

२८ रामेछाप । नेकपा एमाले रामेछापका एक दर्जन बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । जसमा गाउँपालिकाका सचिव समेत छन् ।
आज माओवादी केन्द्रका नेता एवं राष्ट्रिय खेलकुद समितिका (राखेप) सदस्य सचिव टंकलाल घिसिङ सहितको उपस्थितिमा एमाले जिल्ला कमिटी सदस्य चक्रपनि लामा, युवा संघका केन्द्रिय सदस्य शंकर लाखे, एमाले सुनापति गाउँपालिका सचिव मानवहादु लामा सहित एमालेका विभिन्न तहका नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।
एमालेका विभिन्न तहमा सक्रिया पदाधिकारीहरु सोमबार माओवादी प्रवेश गरेको माओवादीका नेता गंगलाल गोलेले जानकारी दिए ।
नामावली हेर्नुहोस् ।
स्रोत गंगलाल गोले ।