माओवादीबाट वडा अध्यक्ष बनेका बोहोरा एमाले प्रवेश

३० कात्तिक, रामेछाप । पूर्व माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भरत बोहोरा सहित एक दर्जन बढी माओवादी र काँग्रेसका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा (एमाले) मन्थली नगरपालिका वडा नं १० चनखुले सोही वडामा बुधवार आज आयोजना गरेको चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रममा बोहोरा सहित २० जना एमाले प्रवेश गरेको एमाले रामेछापले जनाएको छ ।
उनीहरूलाई एमालेका जिल्ला इन्चार्ज कैलाश ढुङ्गेल, पार्टी जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ सहितका नेताहरूले स्वागत गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दे ढुङ्गेलले जिल्ला बाहिर रहेका मतदातालाई भोट हाल्न गाउँ आउन आह्वान गरे ।