रामेछापमा आज राति ९ : ३० बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकको निर्णय

| मंसिर ५, २०७९ सोमबार

A A A
A A A

५ मंसिर, रामेछाप । रामेछापमा आज राति ९ : ३० बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकको निर्णय गरेको छ । 

 

 

केही बेर अगाडि मुख्य निर्वाचन कार्यालयमा सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । 

 

 

बैठकमा राजनीतिक दल, उम्मेद्वार, पार्टी प्रतिनिधि, पत्रकारहरुको सहभागीता रहेको थियो । मतगणनाप्रदेश सभा 'क' बाट सुरू गर्ने सहमति भएको हो । 

 

रामेछाप जिल्लामा १ लाख ८० हजार १ सय ६ मत मध्य ८८ हजार ९ सय ३३ मतखसेको समेत जानकारी दिएको छ ।

 

 

जिल्लामा समग्र ४९.३८ प्रतिशत मत खसेको छ ।

 

भिडिओ हेर्नुहोस् 

नोटः यसअगाडीको हेड्लाइनमा ९ : ३० बजे हुनु पर्नेमा अन्यथा भएकोमा सच्चयाइएको छ ।