गोकुलगंगा गाउँपालिकाको गणना सकियोः पौडेलको ६६७ मतले अग्रता

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । रामेछापमा दुई पालिकाको मत गणना सकिँदा प्रदेश सभा तर्फ एमालेका शान्ति प्रसाद पौडेलले मत अग्रता बनाएका छन् । 

 


गठबन्धन तर्फका माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठको सुरुवाती अग्रतालाई पछि पार्दै पौडेलले ६६८ मतले अग्रता लिएका हुन् । पौडेलले हाल ६ हजार ७ सय ४६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी  श्रेष्ठले ६ हजार ७९ मत पाएका छन् ।

 

 

उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको गणना सकिँदा पौडेलले अग्रता बनाएका हुन् । उनले बेताली गणना हुँदा मत अन्तार एक हजार कटाएका थिए । 

 


गोकुलगंगा पौडेलको गृह पालिका समेत हो । त्यस्तै राप्रपाका उम्मेद्वारले २ हजार ३८ मत पाएका छन् । उनी तेस्रो बनेर पछ्या उदैछन् । हाल सम्म १६ हजार ५ सय ९१ मत गनिएको छ ।  

 

अब लिखु तामाकोशीको गणना सुरु भएको छ ।