गौश्वारा सम्मको मत गणना सकिँदा घिसिङले बनाए चौलागाइसंग  १५ सय बढीको अग्रता

| मंसिर १०, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१० मंसिर, रामेछाप । रामेछाप प्रदेश सभा ‘ख’ तर्फको मत गणना दोरम्बा शैलुङ्गको वडा नं ४ गौश्वारा सम्मको सकिएको छ । वडा नं ५ गणना सुरु भैसकेको छ । 

 

एमालेका मिलन घिसिङको गृह पालिका समेत रहेको यो पालिकामा अब ३ वटाको मत गणना हुन बाँकी छदा घिसिङले माओवादीका युवराज चौलागाईसँग १५ सय २८ को मत अग्रता बनाएका छन् । 

 

हालसम्म घिसिङले ८ हजार ८ सय ६८ मत पाउँदा चौलागाइले ७ हजार ३ सय ४० मत पाएका छन् । 

 

 

चौलागाईको सुरुवाती अग्रतालाई पछि पार्दै घिसिङले अग्रता लिएका हुन् । यद्दयपी चौलागाइको गृह पालिका सुनापतिको सबै ५ वडाको मत गणना हुन बाँकी छ । 

 

 

यो प्रदेश सभामा हाल सम्म १७ हजार ९९० मत गणना हुँदा ४९५ मत बदर भएको छ । 

 

मत परिणाम हेर्नुहोस् ।