घिसिङको फराकिलो मतान्तर तोड्दै गठबन्धनका चौलागाईले लिए अग्रता

| मंसिर १०, २०७९ शनिबार

युबराज चौलागाई ।
A A A
A A A

१० मंसिर, रामेछाप । मन्थली नगरपालिका वडा नं ७ भटौलीको मत गणना सकिँदा प्रदेश सभा ‘ख’ मा माओवादीका युवराज चौलागाइले एमालेका मिलन घिसिङको फराकिलो अग्रता तोडेका छन् । 

 

यो समाचार तयार पार्दा सम्म (शनिवार साँझ ६ बजे) चौलागाइले ५ मतले मात्रै चौलागाई पछि  छन् । 

 

 

नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनका साझ उम्मेद्वार चौलागाईसंग दोरम्बा शैलुङ् गाउँपालिकाको वडा नं ४ गोश्वारा सम्मको मत गणना सकिँदा घिसिङ्ले लिएको १५ सय बढीको अग्रता तोडेका हुन् । 

 

हालसम्म एमालेका घिसिङले १२ हजार ६ सय ५० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौलागाइले १२ हजार ६ सय ४५ मत पाएका हुन् । 

 

 

प्रदेश सभा ‘ख’ मा २८ हजार १९१ मत गणना हुँदा ८०१ मत बदर भएको छ । अब मन्थली नगरपालिकाका केही वडाहरू र सुनापति गाउँपालिकाको मत गणना हुन बाँकी छ । मत गणना जारी छ । 

 

 

राप्रपाले यहाँ हालसम्म ९४२ मत पाउँदै तेस्रो जनमत पाएको छ ।