रामेछापबाट निर्वाचित प्रदेश सांसद चौलागाइले भेटे माधव नेपाललाई, यस्तो भयो छलफल ?

| मंसिर २३, २०७९ शुक्रबार

A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछापबाट बागमती प्रदेश सभा सदस्य (सांसद) मा निर्वाचित युवराज चौलागाइले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटका छन् । 

 

 

बिहीबार सांसद चौलागाइले अध्यक्ष नेपालको निवासमा पुगेर भेटेको चौलागाइले जानकारी दिएका हुन् ।

 

भेटमा सांसद चौलागाइ र अध्यक्ष नेपालबिच निर्वाचनमा विजयी भएकोमा बधाई तथा शुभकामना साटासाटसँगै समसामयिक राजनीतिक विषयमा छलफल भएको चौलागाइले बताए । 

 

माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता चौलागाइले भेटवार्तामा राजनीतिको पुस्तान्तरण र बृहद कम्युनिष्ट एकताबारे पनि बिचार विमर्श भएको बताए । उनले भने ‘राजनीतिको पुस्तान्तरण र बृहद कम्युनिष्ट एकताबारे केही बेर विमर्श भयो । उहाँका बिचारहरू प्रगतिशील छन् ।’

 

 

चौलागाइले निर्वाचित भएपछि राजनीतिक तथा प्रशासनिक भेटघाट बढाएका छन् । यसअगाडि निर्वाचित भए लगत्तै चौलागाइले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई भेटेका थिए ।