चुनावी समीक्षा गर्न काँग्रेस जिल्ला कार्यसमिति बैठक आज बस्दै

| पुस १, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

पुस १, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको रामेछापको बैठक आज बस्दै छ । 

 

 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, पार्टी साङ्गठनिक गतिविधिको समीक्षा र भावी रणनीति तय गर्न बैठक बस्न लागेको पार्टी सचिव दीपक खड्काले पत्र जारी गर्दै जानकारी दिए । 

 

बैठक बि.पी. स्मृति भवन मन्थलीमा बस्ने जनाइएको छ । 

 

 

बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति र आठ वटै पालिका कार्यसमितिका सभापतिहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । 

 

पार्टी उपसभापति लेखबहादुर कार्कीले चुनावमा असहयोग गर्नेलाई हदै सम्मको कारबाही गर्ने तयारी रहेको बताएका छन् । बिहिबार पत्रकार महासंघ रामेछापको १९ औं साधारणसभालाई सम्बोधन गर्दै उपसभापति कार्कीले पार्टीलाई चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने तयारी रहेको बताए ।