भूजीका आगोलागि पीडित बसेललाई सांसद ‘कान्छाराम’ ले दिए आर्थिक सहयोग

८ पुस, रामेछाप । सांसद पूर्णबाहदु तामाङ (कान्छाराम) ले भूजीमा आगोलागिमा परेका जीवन बसेलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
गत मंसिर २० गते उमाकुण्ड गाउँपालिका वडा नं ७ भूजीका स्थानीय बसेको घरमा बिद्युत् सर्ट भएर घरभित्रको सामान जल्दा १० लाख बराबरको क्षेती भएको थियो ।
बसेलको घरभित्रका सबै सामान जलेर नष्ट भएको थियो । सांसद तामाङले शुक्रवार एक कार्यक्रममा सोही वडामा पुगेपछि नगद पीडित बसेलको परिवारलाई नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
त्यस्तै उनी प्रमुख अतिथिको रूपमा पुगेको कार्यक्रम आयोजकलाई पनि नगद २० हजार प्रदान गरेका छन् । शुक्रवार सांसद तामाङले कार्यक्रम आयोजक र पीडित परिवारलाई कूल २५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।