भ्रष्ट्राचार न्यूनीकरण गर्न विद्यार्थीसँग अन्तरक्रिया

| पुस ११, २०७९ सोमबार

A A A
A A A

११ पुस, रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रामेछाप जिल्लामा भ्रष्ट्राचार न्युनिकारण सम्बन्धित अभिमुखीकरण एवं सचेतना कार्यक्रम सुरु गरेको छ । 

 

 

जिल्लाका विद्यालय, जनप्रतिनिधि, शिक्षक, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग भ्रष्ट्राचार नियन्त्रण गर्ने उद्देश्यले पहिलो दिन मन्थली माद्यामिक विद्यालयमा आयोगले विद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मन्थली मा.वि. र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सहभागितामा भ्रष्ट्राचारबारे वृहत् छलफल गरिएको हो । 

 

क्याम्पसको हलमा आयोजित उक्त कार्यक्रममा भ्रष्ट्राचार कहाँ कहाँ हुन सक्छन् ? गरेका कहाँ उजुरी गर्ने ? कसरी गर्ने ? यसमा विद्यार्थी, समाजमा रहेका मानिसहरूको कस्तो भूमिका रहन्छ लगायतका विषयमा आयोगका सूचना अधिकारी कृष्णप्रसाद चापागाईँले जानकारी गराएका थिए । साथै भ्रष्ट्राचार गरेमा कस्तो कस्तो सजायको व्यवस्था गरिइएको जस्ता विषयमा पनि सचेतना गरिएको छ । 

 

आयोगको टोलीले आज दिउँसो जिल्लाका सबै प्रधानाध्यापक र शिक्षकहरुसंग छलफल गर्दै छ भने भोली जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि प्रकारसंग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

भिडिओ