एमाले रामेछापले पार्टी कार्यालय भवन निर्माण अगाडि बढाउने

| पुस २३, २०७९ शनिबार

जिल्ला कमिटी बैठक । तस्बिर फाइल ।
A A A
A A A

२३ पुस, रामेछाप । नेकपा एमाले रामेछापले पार्टी कार्यालय भवन निर्माणको काम अगाडि बढाउने भएको छ । 

 

 

गत बिहीबार र शुक्रवार २ दिन बसेको पार्टीको ७ औँ पूर्ण बैठकले तत्काल पार्टी कार्यालयको भवन निर्माणको काम अगाडि बढाउने निर्णय गरेको नेकपा एमाले रामेछापले जनाएको छ । 

 

 

पार्टी कार्यालय बनाउनको लागि एमालेले मन्थली स्थित आकाशेमा पार्टीको नाममा रहेको जग्गा पहिले रहेको जनाइएको छ । सोही ठाउँमा भवन निर्माण गर्ने एमालेको तयारी छ ।