नेपाल खेलकुद महासंघको केन्द्रीय कोषाध्यक्षमा रामेछापका सुवेदी निर्विरोध चयन

९ फागुन, रामेछाप । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मतबाट पर्शुराम बस्नेत चयन भएका छन् । कोषाध्यक्षमा रामेछापका उज्ज्वल सुवेदी पनि निर्विरोध भएको छन् ।
विराटनगरमा आज मङ्गलवार सम्पन्न दोस्रो महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा बस्नेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भए । बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य हुन् ।
महाधिवेशनले सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने म्यान्डेटसहित अन्य पदमा केही समयभित्रै चयन गर्ने निर्णय गरेको जनाइएको छ । आज अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरू फागुन अन्तिम साता बस्ने केन्द्रीय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।
जसअनुसार रामेछापका युवा नेता उज्ज्वल सुवेदी कोषाध्यक्षमा निर्विरोध चयन भएको एमाले जिल्ला कमिटी रामेछापका उपसचिव एवं प्रचारप्रसार विभाग प्रमुख प्रकाश कार्कीले बताए ।