नेपाल व्यापार महासंघ रामेछापको अध्यक्षमा जय प्रकाश श्रेष्ठ

| फागुन २६, २०७९ शुक्रबार

A A A
A A A

२६ फागुन, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट व्यवसायी नेपाल व्यापार महासंघ रामेछापको अध्यक्षमा जय प्रकाश श्रेष्ठ चयन भएका छन् ।   शुक्रवार मन्थलीमा सम्पन्न एक भेलाले श्रेष्ठलाई महासंघको जिम्मेवारीमा चयन गएको हो । 

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ ‘कुशल’ सहितको उपस्थितिमा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा तेज प्रसाद सुवेदीलाई पदेन पदाधिकारी  बनाउँदै उपाध्यक्षमा बद्री केसी, सचिवमा रत्न नेवार, सह–सचिव मा झम्क श्रेष्ठ र कोषाध्यक्षमा मीनप्रसाद घिमिरेलाई जिम्मेवारी दिएको हो । 

 

त्यस्तै सह–कोषाध्यक्षमा सरिता लामा चयन भएकी छन् । समिति गठनमा महासंघको बागमती प्रदेशका अध्यक्ष दिलबहादुर महर्जन,महासचिव सन्तोष पौडेल, केन्द्रीय सदस्य युवराज श्रेष्ठ,केन्द्रीय सदस्य धावा लामा सहित उपस्थिति रहेको थियो ।