अनेमसंघ क्रान्तिकारी बागमती प्रदेश कमिटी अध्यक्षमा रामेछापकी गौतम

१० वैशाख, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेशको अध्यक्षमा रामेछापकी सुनिता गौतम चयन भएकी छन् । उनी सर्वसहमतीमा प्रदेश कमिटीको अध्यक्ष बनेकी हुन् ।
गत शनिवार सम्पन्न संघको प्रथम सम्मेलनबाट नेतृ गौतमको नेतृत्वमा सर्वसहमतीमा प्रदेश कमिटी गठन गरिएको हो । माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी गौतम लामो समयदेखि पार्टीमा सक्रिय छन् । प्रथम अधिवेशनले गौतमको नेतृत्वमा १७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा कल्पना रिमाल, दिपा बोहोरा र लक्ष्मी माझी चयन भएका छन् । भने, सचिवमा अनिता कार्की (ढोली) चयन भएकी छन् । सह–सचिवमा दिपा कँडेल, अम्बिका लामिछाने र अम्बिका नेपाल चयन भएका छन् ।
संघको कोषाध्यक्षमा सृजना थिङ्गले जिम्मेवारी पाएकी छन् ।