समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस रामेछापले डाक्यो कार्यसमिति बैठक

२८ वैशाख, रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्ला कार्यसमिति बैठक डाकेको छ । बैठक आउँदो जेठ ६ गते बस्ने पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।
लामो समय पछि बस्न लागेको जिल्ला कार्यसमिति बैठकमा पार्टीका सम्पूर्ण तहको सम्मेलन, सांगाठानिक गतिविधि, पार्टी लेबी सहित समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिव खड्काले बुधवार एक पत्र जारी गर्दै जानकारी दिएका हुन् ।
बिपी स्मृति भवन मन्थली भैशेश्वरमा बस्ने बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्य, दुवै प्रदेश क्षेत्रीय कार्यसमितिका सभापतिहरू, पार्टीको भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रमुखहरू र आठ वटै स्थानीय तह पालिका कार्यसमितिका सभापतिलाई उपस्थित हुन भनिएको छ ।
यो हेर्नुहोस् पत्र ।