घर–घरमा दीप प्रज्वलन र सार्वजनिक स्थलको सरसफाइ गरेर ३ दिन गणतन्त्र दिवस मनाउन प्रशासनको आग्रह

| जेठ १४, २०८० आइतबार

रामेछाप मन्थली बजार, फाइल फोटो ।
A A A
A A A

१४ जेठ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गणतन्त्र दिवसलाई भव्यताको साथ मनाउन आग्रह गरेको छ ।

 

 

आज आइतबार एक सूचना प्रकाशन गर्दै प्रशासनले ‘जिल्ला स्थित सबै सरकारी, सार्वजनिक एवं सामुदायिक निकाय तथा संघ संस्थाहरूले आ–आफ्नो कार्यालय परिसर एवं ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा स्थलहरूको सरसफाइ सहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने तथा तत् तत् स्थानहरूमा राष्ट्रिय झन्डा फहराउने, साँझ दीप प्रज्वलन गर्ने एवं साँझ घर–घरमा दीपावली गर्ने’ भनेको छ । 

 

रामेछाप प्रशासनले आजैदेखि भोलि र पर्सी (१४, १५ र १६ गते)  तीन दिनसम्म हर्षोल्लास पूर्वक भव्यताका साथ मनाउने सन्दर्भमा भनेको हो ।