काँग्रेस रामेछापले डाक्यो मंगलबार जिल्ला कार्यसमिति बैठक

१४ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले जेठ अन्तिममा (३० र ३१ गते ) गर्न लागेको पार्टीको जिल्ला सम्मेलन तयारी बारे छलफल गर्न जिल्ला कार्यसमिति बैठक डाकेको छ । काँग्रेस रामेछापले जेठ महिनाको अन्तिममा दुई दिन वृहत् पार्टी जिल्ला सम्मेलन गर्दै छ ।
पार्टी सचिव दीपक खड्काले एक पत्र जारी गर्दै बैठक बारेमा जानकारी दिएका हुन् । पार्टीको निमित्त लेवी र समसामयिक राजनीतिक घटना बारेमा छलफल गर्नको लागि बैठक बस्न लागेको सचिव खड्काले जानकारी दिए ।
बागमती प्रदेश कार्यसमितिका सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्य, प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति, भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रमुख, आठ वटै स्थानीय तहका कार्यसमिति सभापतिलाई बैठकमा डाकिएको पत्रमा उल्लेख छ ।
बैठक पर्सि मंगलबार १६ गते दिउँसो ठिक ११ ः ०० बजे बिपी स्मृति भवन मन्थलीमा बस्ने छ । काँग्रेसको पछिल्लो बैठक गत जेठ ६ गते बसेको थियो ।