७ बुँदे माग राख्दै रामेछाप काँग्रेसको पार्टी कार्यालयमा नेविसघं एक समूहको धर्ना

३० जेठ, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापको विधान सम्मत अधिवेशन पक्ष धरले नेपाली काँग्रेस पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा रिले अन्सन्न दिएको छ ।
आधार दर्जन नेविसंघका नेता तथा कार्यकर्ता विभिन्न ७ बुँदे माग राख्दै पार्टी आज (मंगलबार) देखि रिले अनसनमा बसेका हुन् । मन्थली नगरपालिका वडा नं १ स्थित पार्टी कार्यालयमा राजेश भण्डारी, मनिशबहादुर चौहान, सरोज बुढाथोकी लगायत रिले अनसनमा बसेका हुन् ।
उनीहरूले संघको विधान विपरीत पार्टी नेतृत्वको सिफारिसमा भएको नेतृत्व चयन प्रक्रिया गरिएको र माउ पार्टी काँग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढंगले संचालन गरेको भन्दै त्यस विरुद्धमा रिले अनसन थालेको जनाएका हुन् ।
आन्दोलनमा उत्रिएको टिमले (नेविसंघ) को विधान विपरीत पार्टी नेतृत्वले आफू अनुकूलको नेतृत्व बनाएको भन्दै तत्काल खारेज गरी विधि संम्बत जिल्ला अधिवेशन गर्नु पर्ने, (भोलि) बुधवार ३१ गते हुन लागेको पार्टीको जिल्ला सम्मेलन स्थगित गरी सबै तहका नेता कार्यकर्तासँग समन्वय गरेर पालिका प्रदेश र जिल्ला सम्मेलन गर्नु पर्ने माग गरेको छ ।
त्यस्तै गत स्थानीय निर्वाचनमा विधान संम्बत संसदीय बोर्ड गठन नगरी आर्थिक लेनदेनको आधारमा गैर काँग्रेसलाई टिकट वितरण गरी पार्टी पराजित भएको आरोप लगाउँदै उक्त बेलाको आर्थिक चलखेल गर्ने नेतालाई कारबाही गर्नुपर्ने, स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्ध विद्रोही लड्नेलाई आफ्नो अनुकूलताको आधारमा गरेको कारबाही फुकुवा रोक्नु पर्ने र इमानदार कार्यकर्तालाई व्यक्तिगत रिसीबीको आधारमा सिफारिस गरिएको कारबाही तत्काल फिर्ता गर्नु पर्ने माग गरेको छ ।
(नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी विनोद बुढाथोकीलाई दिएको पत्र दिए देखिनै छुटै समूह बनाएर बिरोद्ध गर्दै आएको सो समूहले पार्टीको १४ औँ जिल्ला अधिवेशन सकिएको २ वर्ष बितिसक्दा पनि महासमिति सदस्य चयन नभएको हुँदा तत्काल चयन गर्नु पर्ने, भातृ संस्थाहरू (नेविसंघ) सहित तरुण दल, महिला संघ, किसान संघ लगायत संघको लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशन तत्काल विधान संम्बत अधिवेशन गर्नु पर्ने र पार्टीलाई गतिशील र ऊर्जाशील बनाउन प्रशिक्षण कार्यक्रमहरू वडा तहसम्म लानुपर्ने माग गरेका छन् ।
जस्ताको तस्तै हेर्नुहोस् आन्दोलन पक्षको माग
- यो पनि पढ्नुहोस्
- सुशील अधिकारी नेतृत्वको नेविसंघ रामेछापले फागुन ७ गते गर्ने भनेको संघको जिल्ला अधिवेशन स्थगित
- नेविसंघ रामेछाप दुई ध्रुबमाः एक समूहको काठमाडौंमा अर्को समूहको मन्थलीमा भेला
- नेविसंघ रामेछापमा विवादः जिल्ला अध्यक्ष अधिकारीलाई बर्खास्त गर्न माग, सम्बोधन नभए संघको कुनै पदमा नरहने चेतावनी (विज्ञप्तिसहित)
- नेविसंघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी
- नेविसंघ रामेछापले पायो पूर्णता, ३ उपाध्यक्ष, २ सचिव र ४ सहसचिव सहित २८ जना पदाधिकारी मनोनीत (नामावलीसहित)
- विनोद बुढाथोकीले भने ‘हदै सम्मको लचकता अपनाउँछौँ, नेविसंघको गरिमा र ओज् मर्न दिन्न,चाँडै अधिवेशन हुन्छ (भिडिओसहित)
- नेविसंघ रामेछापका उपसभापति पौडेलको केन्द्रीय सभापति शेर्पाप्रति आक्रोश ‘नेविसंघ तपाईँको घरको अंश हैन, अंश बाँडे जस्तो बाँड्दै नहिड्नूहोस्’
- नेविसंघ रामेछापः असन्तुष्ट समूहसँग छलफल गर्ने र १ महिनाभित्र जिल्ला अधिवेशन सक्ने निर्णय