पार्टी कार्यालयमा दिएको रिले अन्सन् तोड्यो नेविसंघ एक समूहले

| जेठ ३१, २०८० बुधबार

A A A
A A A

३१ जेठ, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले हिजो मंगलबारदेखि पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा दिएको रिले अन्सन तोडेको छ । 

 

( आज) बुधवार दिउँसो पार्टी केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे जिल्ला सम्मेलनमा भाग लिन आउँदा रेले अन्सनमा बसेका विद्यार्थी नेताहरूलाई भेट्न पुगेपछि उनीहरूले पाण्डेको हातबाट  जुस पिएर रिले अन्सन तोडेका हुन् । 

 

माउ पार्टी र नेविसंघ विधि सम्बत तरिकाले नचलेको, रोकिएका विभिन्न भातृ संगठनहरुको नेतृत्व छनोट विधान सम्बत नभएको लगायतका ७ बुँदे माग राख्दै नेविसंघको एक समूह हिजोदेखि रिले अन्सनमा बसेको थियो । 

नेविसंघले राखेका माग पार्टीले सम्बोधन गर्ने र उनीहरूसँग बसेर छलफल गर्ने सहमति भएपछि नेविसंघले अन्सन तोडेको पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम ले बताए ।